प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

kp oli

काठमाडौं, १९ चैत । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु ग¥यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्ने छन् । किनकि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलेृ समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह भने बढेको पाइएको छ ।

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन अपेक्षा गरिएको बेला कोरिया जान हालसम्मकै ठुलो संख्याले फारम भरेका छन् । सरकारले युवालाई स्वेदशमा रोजगारी उपलब्ध गराउने बताइरहेको बेला युवाको मोह वैदेशिक रोजगारीमा बढ्दा अब गम्भीर रुपमा सोच्ने पर्ने बेला आएको विज्ञहरुको ठहर छ । ‘रोजगारका लागि कोरिया जान जसरी ठुलो संख्यामा युवाको चासो देखियो, समधानका लागि सरकारले ठुलै हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ श्रमविज्ञ केशव बस्यालले भने । यो समाचार नागरिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);