युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला

pm sorajgar karyakram

भक्तपुर, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताउनुभएको छ । उहाँले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन् र त्यस्ता तत्वहरू सफल नहुने समेत उहाँले स्पष्ट पार्नुभयो ।

भक्तपुरको चारवटै नगरपालिकामा शुक्रबार एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय स्तरमा नै युवालाई रोजगार दिनका लागि ल्याएको यस कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सुवर्णचोकदेखि तीनधारा जाने सडक निर्माण कार्यको प्रारम्भ पनि गर्नुभयो ।

“पछिल्लो समयमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् धेरै बेरोजगार युवालाई स्थानीय स्तरमा नै रोजगारीको सिर्जना हुँदैछ” प्रधानमन्त्री ओलीले थप्नुभयो “ विदेशमा भौँतारिएका युवालाई स्वदेशमा नै रोजगार दिने काममा सरकार लागि परेको छ, सरकारले बेरोजगार समस्यालाई हेरेर बसेको छैन ।”

उहाँले २०७२ सालको भूकम्पछि आफ्नो पहलमा पुनःनिर्माण अभियान सञ्चालन गरिएको चर्चा गर्दै भूकम्पबाट विस्थापित भएका पीडितलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले थप्नुभयो, “सरकारले हरेक दिन नयाँ नयाँ कार्यक्रम र योजना ल्याएको छ यस्ता योजना सार्थक बन्दै गएको छन् ।”

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएकाले अब नेपाल गरिब बन्न नसक्ने बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अब युवालाई स्वदेशमै रोजगारी सिर्जना हुने बाटो खुलेको छ भन्नुभयो ।

बाटो बिराएका र हिंसा चाहानेहरू पुनः नेपाललाई अन्धाकारतर्फ लैजान खोजकोमा त्यसप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब त्यस्ता तत्वहरू कहिल्यै पनि सफल नहुने बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);