प्रधानमन्त्री रोजगार कार्यक्रम : मुस्ताङको २ पालिकामा लागु नै भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : मुस्ताङको २ पालिकामा लागु नै भएन

mustang

काठमाडौं, २५ असार । सरकारले अघि बढाएको प्रधानमन्त्री रोजगार कार्यक्रम मुस्ताङका २ पालिकामा प्रभावित बनेको छ। रोजगार संयोजक उपस्थित नहुँदा र स्थानीयको बेवास्ताका कारण जिल्लाको लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्रमा कार्यक्रम अघि बढ्न नसकेको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।

५ स्थानीय तह रहेको हिमालपारी मुस्ताङको बाँकी ३ गाउँपालिकामा भने जेनतेन यस कार्यक्रमलाई अघि बढाएका छन्। ३ महिना अघिदेखि कार्यक्रम आएपनि विविध कारणले ढिलो हुन पुगेको गाउँपालिकाले जनाएका छन्। सरकारले बेरोजगार युवालाई स्वरोजगारको अवसर दिलाउने योजना अघि बढाएपनि स्थानीय स्तरमा अपेक्षा गरेअनुसार रोजगार कार्यक्रम उपलब्धिमुलक बन्न नसकेको हो।

मुस्ताङका ५ वटै स्थानीय तहलाई १६ लाखदेखि १८ लाखसम्म बजेट बिनियोजन भएको हो। जसमा २ वटा पालिकाले कार्यक्रम संञ्चालन गर्न नसक्दा बजेट फ्रिज हुने भएको छ। रोजगार कार्यक्रम संञ्चालन गरेका पालिकाले पनि पुरै बजेट खर्च गर्नसक्ने अवस्था नरहेको घरपझोङ गाउँपालिकाका रोजगार संयोजक विप्लव पोख्रेलले जानकारी दिए।

घरपझोङमा ८४ जना, थासाङमा १ सय १५ जना र लोघेकर दामोदरकुण्ड गाउपालिकामा २ सय २० जनाले रोजगार कार्यक्रममा सहभागिता भए। रोजगारमा सहभागी ५ वटै वडाका युवायुवतीलाई पदमार्ग स्तरोउन्नतिको काममा लगाइएको थासाङ गाउँपालिकाका रोजगार संयोजक मिलन शर्माले जानकारी दिए।

उनका अनुसार रोजगार कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारीका हिसाबले दैनिक ६ सय देखि ८ सय दिने शर्तमा काममा लगाइएको हो। रोजगार कार्यक्रमअन्तर्गत घरपझोङ ५ को कार्यक्रममा बढी प्रभावकारी भएको रोजगार संयोजक विप्लप पोख्रेल बताए। खानेपानी समस्या भएको ठिनी गाउँमा फ्यान्त्याङ मुहानको करिब १ किलोमिटर दूरीबाट पाइप बिच्छ्याई पानी ल्याउने काम भएको उनले बताए। गाउँपालिकामा गुम्बा मर्मत तथा रङरोगन लगाउने , सिचाई  र खानोपानीलगायतको काम भएको भएको पोख्रेलले उल्लेख गरे। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);