‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारलाई रोजगारीको अवसर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारलाई रोजगारीको अवसर

gokarna bista

काठमाडौं, १६ साउन । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्ष भित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो ।

सबै स्थानीय तहमा ६ हजारभन्दा बढि आयोजना संचालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्ष भित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनु भयो ।

उहाँले बजेट कम भएपनि नेपालको ईतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको पनि बताउनु भयो ।

सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो । थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु संचालन गरि सरकारले सो कार्यक्रममार्फत गरिव समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाई छ ।

मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);