बैंकको चर्को ब्याजका कारण उद्योगधन्दा संचालन गर्न कठिन : शेखर गोल्छा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैंकको चर्को ब्याजका कारण उद्योगधन्दा संचालन गर्न कठिन : शेखर गोल्छा

काठमाडौं, १६ साउन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा संचालन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकहरुले चर्को ब्याज लिने व्यवस्थालाई कायमै राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसले उद्योगधन्दा स्थापना तथा संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उहाँले विगत ३ वर्षयता आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि भएपनि त्यसले बजारमा तरलताको अभाव देखिँदा बैंकहरुबाट ऋण लिने अवस्था नरहेको गुनासो पनि गर्नु भयो । त्यसमा कर्जा लिईहाले पनि उच्च व्याजदरका कारण आफूहरु समस्यामा पर्ने अवस्था आएको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले चर्को व्याजदर कायमै राखेर मुलुकमा कसरी उद्योगधन्दा चलाउन सकिन्छ ? भनि प्रश्न पनि गर्नु भयो । कार्यक्रममा बोल्दै संघीय संसद अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि उद्योगीहरुको पक्षमा मौद्रिक नीति ल्याउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले ब्याजदर उच्च राख्ने अनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने सरकारको लक्ष्य अनुसार नै मौद्रिक नीति ल्याइएको भन्ने नेपाल राष्ट्र बैंकको भनाई तथ्यपरक नभएको भन्दै आपत्ति पनि जनाउनु भयो ।

सभापति दाहालले उत्पादन वृद्धि गरेर मुलुकको आर्थिक वृद्धिदरलाई बढाउनुपर्नेमा त्यसलाई घटाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);