भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा खुलेआम तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा खुलेआम तस्करी

bhansar chali

झापा, १६ साउन । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा व्यापारीले खुलेआम भन्सार नतिरी ट्रकमा फलफूल भित्राउने गरेको रहस्य खुलेको छ । भन्सार नतिरी नेपाल भित्राइएको भुईंकटर र अनार लोड गरिएको एउटा ट्रक स्थानीय युवाले नियन्त्रणमा लिएका थिए ।

भन्सार छलेर भित्राइएको भुईकटर सहितको ट्रक नियन्त्रणमा लिएर युवाले वडा प्रहरी कार्यालय बुझाएपछि यस्तो घटना सार्वजनिक भएको हो । भद्रपुर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका असई अमर विक नेतृत्वको सशस्त्र प्रहरी टोली र भन्सारका सहायक कर्मचारी रामबहादुर थापा मंगलबार बेलुका ८ बजे खटिएका थिए ।

सोही समयमा भारतको गलगलिया नाकाबाट मेची पुल हुँदै भित्रिएको ना ५ ख ७३०७ नम्बरको ट्रकमा लोड गरिएको भुइकटर भद्रपुर भन्सार अगाडिबाटै सोजै बसपार्कतर्फ गइरहेको अवस्थामा स्थानीय युवा बिर्जु सहनीको समूहले नियन्त्रणमा लिएर आवश्यक कागजात माग गरेका थिए ।

तर, ट्रक चालक अर्जुनधारा ५ बस्ने डिल्लीराम भट्टराईले भन्सार कागजात देखाउन नसकेपछि युवाले प्रहरी बोलाएर ट्रक जिम्मा लगाएको वडा प्रहरी कार्यालय भद्रपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);