सिरहा भन्सार कार्यालयमा कर्मचारीको खुलेआम घुसखोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहा भन्सार कार्यालयमा कर्मचारीको खुलेआम घुसखोरी

ghus

सिरहा, १९ पुष । सिरहा  भन्सार कार्यालयका कर्मचारीले राजस्व रकमभन्दा कम पैसाको रसिद काट्ने र घुस लिने गरेका छन् । मंगलबार भन्सार कर्मचारीले, साँझ भारतीय नम्बर प्लेटको बी आर ०६ बीए ०४२० नम्बरको मिनी ट्रकमा भएका समान जाँच नगरी भन्सारको प्रज्ञापन पत्रमा घटाएर राजस्व काटेको र बार्गेनिङ गरी अतिरिक्त पैसा असुलेका छन् ।

१६८१४ नम्बरको प्रज्ञापन पत्र जारी गरेका भन्सारका कर्मचारीले राजस्वबापत ६ हजार ५ सय २९ रुपैयाँमात्र लिएका थिए । आफूहरुले कम भन्सार राजस्व काटेको भन्दै कर्मचारीले त्यसबापत ‘मिलाएर दिन’ भनेका थिए । भारतबाट समान लिएर भन्सार कटाउन पुगेका सेवाग्राहीले सुरुमा पाँच सय रुपैयाँ अतिरिक्त दिए । तर, कर्मचारीले त्यतिले पुग्दैन भनेपछि सेवाग्राहीले एक हजार थप गरेर बुझाएका थिए ।

भन्सार कर्मचारीले प्रहरीसँगको मिलेमतोमा यसरी कम पैसाको रसिद काट्ने र सामान छुटाइदिने गरेका छन् । भारतीय नम्बर प्लेटको त्यो मिनी ट्रकलाई भन्सारसँगै रहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले पनि जाँच गरेनन् । जाँच गर्न बसेका सशस्त्र प्रहरीले चालकको छेउमा रहेकासँग बार्गेनिङ गरेर पैसा लिएका थिए ।  त्यस मिनी ट्रक सिरहाको महावीर चोकमा रहेको नगर प्रहरीलाई पनि रकम दिएर पार भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);