अछामका सरकारी कार्यालयले नागरिक बडापत्रको अवमूल्यन गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अछामका सरकारी कार्यालयले नागरिक बडापत्रको अवमूल्यन गरे

अछाम, १९ पुष । अछामका सरकारी कार्यालयले नागरिक बडापत्रको अवमूल्यन गरेका छन् ।

अछामको मंगलसेन नगरपालिकाले सेवाग्राहीलाई कार्यालयबाट लिनुपर्ने सेवा प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले राखेको बडापत्रअगाडि फूल रोपेर बडापत्रकै अवमूल्यन गरेको हो । बडापत्र अगाडि फूल रोपिएका कारण त्यहाँ लेखिएका कुरा पढ्नै नसकिएको सेवाग्राहीले बताएका छन् ।

बडापत्र छेकिएका कारण सेवाग्राही सामान्य कुरा सोध्न पनि कर्मचारीसम्म पुग्न बाध्य छन् । कार्यकक्षमा सामान्य कुरा सोध्न सेवाग्राहीको भीड लाग्ने गरेपछि कर्मचारीलाई नै दैनिक काम–कारबाहीमा असहज हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);