नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने

nepal-oil-nigam-

काठमाडौं, १० फागुन । नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिए ।

उनले सो बडापत्रमा ट्यांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाईसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयार पारि कामलाई अघि बढाइएको बताए ।

पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको बताए । शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकारले जारी गरेको निगमसम्बन्धि नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पारे । आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरुमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);