नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

60e20-ipo-logo_721_420_80_s_c1-1

काठमाडौं, ९ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनु भयो । उहाँले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताउनु भयो । उहाँले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताउनु भयो । उहाँले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनु भयो । उहाँले जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरुका मागहरु समय सापेक्ष रुपमा सम्बोधन गर्दै जान्छ । केही मागहरु सम्बोधन गर्नुपर्ने छ । मागहरु सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरुमा मागहरु चाँडै सम्बोधन गर्नेछौं । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने हिसावले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता छ । आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहन्छौं । सधैँभरी नेपाल आयल निगम घाटामा रह्यो भन्ने अवस्था पनि होइन । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । कम्तिमा जनतालाई ओनर सिप सबैलाई इन्धन चाहिएको छ । इन्धन पहिलो र इन्धनको आपूर्ति दोस्रो कुरा हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले ओनरसिप लिनको लागि पनि आइपी जारी गर्नुपर्छ । व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी आयल निगमले तयारी गरिरहेको अवस्थामा छ । केही समय लाग्छ । अघिल्ला दुई आर्थिक वर्षमा घाटामा रहेकाले केही समय लाग्छ । तर निगम आईपीओ जारी गर्ने तयारीमा छ ।’

बाइट…उमेशप्रसाद थानी, कार्यकारी निर्देशक,नेपाल आयल निगम

नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताउनु भयो। उहाँले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताउनु भयो ।

 

उहाँले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताउनु भयो । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);