पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा सरकार र निगमको भूमिका छैन : पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा सरकार र निगमको भूमिका छैन : पौडेल

काठमाडौं, २८ फागुन । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन् ।

आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण श्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उनको भनाई छ । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनले बताए ।

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाई छ ।

मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन. गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ ।

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैँया कायम गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);