सुनको मूल्य घट्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं, २८ फागुन । शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । बिहीबार तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

साथै तेजाबी सुन पनि तोलामा ६ सयले नै घटेर तोलाको ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ७० मा रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७३ हजार ९ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७३ हजार ५ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको जनाएको छ ।

Leave a Reply