सुनको मूल्य आज तोलामा १४ सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

सुनको मूल्य आज तोलामा १४ सयले घट्यो

काठमाडौ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

Leave a Reply