डेडिकेटेड ट्रंक लाइन विवाद : काटिएकाे लाइन जाेड्न सरकार सहमत ! | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

डेडिकेटेड ट्रंक लाइन विवाद : काटिएकाे लाइन जाेड्न सरकार सहमत !

काठमाडाैं  । सरकारले डेडिकेटेड ट्रंक लाईन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तापमा सहमती जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्ताव सहमती भएको दाबी गर्नुभएको हो ।

करिव साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमती जुटेको उहाँको भनाइ थियो । अध्यक्ष ढकालका अनुसार उद्योगीहरुको सहमतीमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रुपमा मान्ने सहमती गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीको रुपमा उद्योगीहरुले बुझाएपछि काटिएको विद्युतको लाईन जोड्ने प्रस्तावमा सरकार सहमती भएसँगै यो विवाद समाधान हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार