भरतबाट ल्याउँदै गरेको अबैद्य औषधी बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भरतबाट ल्याउँदै गरेको अबैद्य औषधी बरामद

जनकपुरधाम, २ कार्तिक । नेपाल–भारत सीमामा रहेको बिओपी धनौजीले करिब १ लाख ३९ हजार बराबरको औषधी र मोटरसाईकल बरामद गरेको छ । आईतबार बिओपी धनौजीका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) रवि बस्नेत कमाण्डको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ७९ हजार को अबैद्य औषधी बरामद गरेको हो ।

भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ईन्सपेक्टर बस्नेतको टोलीलाई देखेपछि औषधी छाडेर व्यक्ति फरार रहेको जनाइएको छ । आईतबार बिहान करिब ११ः२० बजेको समयमा नेपाल भारतको सीमामा खटेको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि एक व्यक्ति मोटरसाईकलमा राखेको औषधी मोटरसाईकल सहित नै छाडेर भारत तर्फ भागेको बताइएको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरही स्थित स्थित अबैद्य रुपमा भन्सार छली गरी भारतीय नम्बर प्लेटको बिआर ३२–७२१८ं९३ नम्बरको मोटरसाईकल समेत छाडेर भागेको जनाइएको छ । प्रहरीले ७९ हजारको औषधी सहित करिब ६० हजार रुपैयाँको मोटरसाई गरी १ लाख ३९ हजार बराबरको समान बरामद गरेको हो ।

ईन्सपेक्टर बस्नेतको कमाण्डमा ७ जनाको मोबाइल गस्ती टोलिलाई देखेपछि व्यक्ति भागेको जनाउँदै औषधी र मोटरसाईकल भन्सार कार्यालय जनकपुर पठाइएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);