एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं, ९ भदौ । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ गढीगोठ स्थित सीमा ईलाकाबाट साउन ८ गते एपीएफ टोलीले चोरीपैठारीको किराना तथा हार्डवयरका सामान बरामद गरेको छ ।

दुई वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ९२ हजार पाँच सय रुपैयाँ रहेको छ ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टि इलाकाबाट भाद्र ८ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);