कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका ३ जना मध्ये एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका ३ जना मध्ये एकको मृत्यु

storm n lightning

किशोर तामाङ
कञ्चनपुर, ९ भदौ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मेघगर्जनसहित मुसलधारे पानी सगै परेको चट्ट्याङमा परी ३ जना घाइते भएका थिए । सोमबार बेलौरी नगरपालिका १ बैशाखी स्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राती ८:३५ बजेतिर चट्याङ पर्दा तीन जना घाइते भएका हुन् ।

चट्याङ लागेर सख्त घाइते भएका २३ बर्षिया लोकेन्द्र चन्दको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।

चट्ट्याङ लागेर घाइते भएका २३ वर्षका लोकेन्द्र चन्द , वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । चेकजाँच गर्दा लोकेन्द्र चन्दलाई डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने भएको छ। बाँकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सुजन र नरेशकाे कम्मर मुनिकाे भागले काम गरिरहेको छैन तर दुवैको अवस्था भने चिन्ता मुक्त रहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);