विभिन्न किसिमका औषधी सशस्त्र प्रहरीद्वारा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विभिन्न किसिमका औषधी सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ नुनुवास्थित सीमा ईलाकाबाट साउन ७ गते सशस्त्र प्रहरीले करीव ३ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश टुकेबाँधबाट खटिएको सशस्त्र प्रहरीले साउन ७ गे करीव २ लाख ७० हजार रुपैयाँ बराबरको ओरेन्ज कम्पनीको विभिन्न किसिमका औषधी र मोटर पार्ट्स बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा मोटर पार्ट्स सशस्त्र प्रहरीले झापा जिल्लाको मेची नगरपालिका ७ सतीघट्टास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);