कर्मचारीकै मिलेमत्तोमा राजस्व छली, प्रहरी पनि संलग्न रहेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुर, २४ असोज । कञ्चनपुरमा भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा राजस्व छली हुने गरेको खुलासा भएको छ ।

शसस्त्र प्रहरीले भन्सार छलेर तस्करी भईरहेको अवैध कपडा बरामद गरेपछि कर्मचारीको मिलेमतोबारे खुलासा भएको हो । सोमबार राती शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५ बनगाउँ क्षेत्रबाट अवैध रुपमा भित्र्याइएको १ सय ५१ थान कपडा बरामद गरेको थियो ।

तर तीमध्ये ३० थानको मात्रै भन्सार काटेको पाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद पाण्डेले बताएका छन् ।

भन्सार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भारतीय बजार बनबासाबाट आएको पुरै समान राजस्व काट्नका लागि भन्सार कार्यालय परिसर भित्र पठाउँछन् ।

तर भन्सारका कर्मचारीले घुस लिएर कम समानको मात्रै भन्सार काटेको शसस्त्र प्रहरीको दाबी छ । भन्सार काट्ने कर्मचारीले घुस लिएर अन्डरबिलिङ्ग गर्ने गरेकाले तस्करी बढीरहेको भन्सार सुरक्षाका लागि खटिएका अधिकारीहरुको भनाइ छ ।

तर कञ्चनपुर भन्सार कार्यालय प्रमुख विकास कुमारले भने व्यवसायीले नै छल गरेका कारण कारण बढी समानको कम भन्सार काटिएको जवाफ दिएका छन् ।

व्यवसायीले भने भन्सारका कर्मचारीले बढी समानको कम भन्सार बनाएर घुस लिने र भन्सारमा खटिएका प्रहरीले पनि घुस नदिएको खण्डमा बरामद गर्ने भन्दै दुवैमाथि आरोप लगाउँदै आएका छन् ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);