कपिलवस्तुको सिमा नाकाबाट अबैध समाग्री बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तुको सिमा नाकाबाट अबैध समाग्री बरामद

कपिलवस्तु । लकडाउनको समयमा पनि कपिलवस्तुको सिमा नाकाबाट अबैध समाग्री बरामद भएको छ ।

सम्पुर्ण रुपमा बोर्डर बन्द भएकोले कपिलवस्तुको खुल्ला सिमा नाकामा सशस्त्र प्रहरी बि ओ पी मर्यादपुर डगंरीका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिख सक्रियताम अबैध कपडा, कसमेटिक समान, सुर्ति, मटर कोशा र औषधी ठुलो मात्रामा बरामद भएको छ ।

प्रहरी निरिक्षक सिखले नेपाल भारत सिमा नाकामा कडाई गरेका छन् । सिखले भन्सारमा कडाई गरेसगैं भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्रीने अबैध समाग्री धमाधम पक्राउ भैरहेको छ ।

सोही क्रममा केही दिनयता सिमा नाकाबाट अबैध रुपमा आईरहेको दश लाख बराबर समान पक्राउ गरि भन्सार चलान गरिएको छ । बन्दा बन्दीको समयमा सिमामा गस्ती गर्ने शाश्स्त्र प्रहरीको आखाँ छली व्यापारीहरुले विभिन्न चोरबाटो हुँदै ठूलो मात्रामा कपडा, कसमेटिक समान, सुर्ति, मटर कोशा र औषधी भित्र्याउँने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);