एक वर्षभित्र एक लाख रोजगारी सृजना गर्ने मन्त्री विष्टको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एक वर्षभित्र एक लाख रोजगारी सृजना गर्ने मन्त्री विष्टको दाबी

सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना :

काठमाडौं, ३० साउन । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । बुधबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगार सम्बन्धि ऐन पनि छिट्टै संशोधन गर्ने तयारी भएको उनको भनाइ छ । मन्त्री विष्टले चालू आर्थिक वर्षभित्र कम्तीमा १ लाख रोजगारीको अवसर सृजना गर्ने बताए ।

उनले घरेलु कामदारलाई पनि संचय कोषको व्यवस्था हुने गरी पञ्जीकरणको काम सुरु गर्ने घोषणा गरे । बैंकमार्फत सबै श्रमिकहरुको पारिश्रमिक भुक्तानी गर्ने व्यवस्थालाई सरकारले कडाईका साथ लागू गर्ने मन्त्री विष्टले स्पष्ट पारे ।

बैठकमा समितिका सदस्यहरुले रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक लगानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्यहरुले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);