सरकारको स्वास्थ्य विमा कार्यक्रमप्रति बाँकेका स्थानीयको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारको स्वास्थ्य विमा कार्यक्रमप्रति बाँकेका स्थानीयको असन्तुष्टि

swastha bima

बाँके, १ पुस । स्वास्थ्य विमा कार्यक्रम धेरै जिल्लाहरुमा लागु भएपनि विमितहरु भने सन्तुष्ट देखिँदैनन् । स्वास्थ्य सेवामा आम नेपालीको पहुँचलाई सुनिश्चित गर्न सरकारले २०७२ चैत्र बाट लागु गरेको महत्वकांक्षी स्वास्थ्य विमा कार्यक्रमले धेरै विमितलाई सन्तुष्ट बनाउन सकेको छैन । बाँकेकाे भेरी अस्पतालमा स्वास्थ्य सेवा लिन पुगेका अधिकांस सेवाग्राहीहरुले अस्पतालमा विमा अन्तर्गतका औषधी नपाएको गुनासो गरेका छन् ।

प्रदेश ५ कै सुविधा युक्त अस्पतालका रुपमा रहेको छ भेरी अस्पताल । यहाँ उपचारका लागि वरिपरी जिल्लाका विरामीहरु पनि आउने गर्दछन् । तर सुविधा सम्पन्न मानिएको अस्पतालमा पनि विरामीहरुले आवश्यक औषधी पाउन सकेका छैनन् ।

सरकारले सबै स्वास्थ्य सेवामा सबै नागरिकको पहँचलाई सुनिश्चित गर्न स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । तर भेरी अस्पतालमा पुगेका स्वास्थ्य विमित विरामीहरुले भने अस्पतालमा औषधी अभावका कारण बाहिर खरिद गर्नु परिरहेको दुखेसो गरेका छन् ।

औषधी अभाव मात्र नभई आवश्यक स्वास्थ्य परिक्षणका लागि समेत मेसिनले काम नगर्ने भएकाले विमा हुनुको केही अर्थ नरहेको विमितहरुको गुनासो छ । तर भेरी अस्पतालको फार्मेसीले भने औषधी अभाव नभएको जनाएको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सबै औषधी उपलब्ध नभएको इन्चार्ज पदम अर्यालको दावी छ ।

अस्पतालका स्वास्थ्य विमा दावी कर्ता सुनिल पंगेनीले अस्पतालमा औषधीको अभाव पनि नभएको र चेकजाँचका मेसिनहरुमा पनि कुनै समस्या नभएको स्पष्ट पार्नु भयो ।

अस्पतालमा विमाबोर्डको सुविधाबाट स्वास्थ्य सेवा लिन आउनेहरुको हरेक दिन घुइँचो लाग्ने गर्दछ । अस्पतालका अनुसार दैनिक २ सय देखि २ सय ५० विमित सेवाग्राहीहरु स्वास्थ्य सेवाका लागि आउने गरेका छन् ।

अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर आनन्द पाण्डेले विमा कार्यक्रम अन्तर्गत सबै औषधी नभई अत्यावश्यक औषधीहरु मात्र उपलब्ध गराइएको बताउनु भयो ।

स्वास्थ्य विमितहरुको यस्तो गुनासो बाँकेमा मात्र नभई अन्य जिल्लाहरुबाट पनि असन्तुष्टिहरु आउने गरेका छन् । जसले सरकारको स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारितामा नै प्रश्न उठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);