बैतडीमा स्वास्थ्य बीमाप्रति आकर्षण घट्दोक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैतडीमा स्वास्थ्य बीमाप्रति आकर्षण घट्दोक्रम

swasthya bima

प्रेम भाट

बैतडी, २ माघ ।  सुदुर पश्चिमको बैतडीमा स्वास्थ्य विमाप्रति शुरुवाती दिनमा आकर्षित भएका बैतडीका नागरिकमा त्यसप्रतिको आकर्षण घटेको देखिएको छ ।

गतवर्ष स्वास्थ्यविमा कार्यक्रममा उत्साहपूर्ण सहभागि भएका नागरिकमध्ये दूईतिहाईले यसवर्ष नविकरण गराएनन् । नेपाल सरकारले बैतडीमा २०७४ पुषबाट स्वास्थ्य विमा कार्यक्रम लागु गरेको थियो ।

नेपाल सरकारले २०७४ को पुसमहिनादेखि बैतडीमा स्वास्थ्य विमा कार्यक्रम लागु गरेको थियो । कार्यक्रम सुरुहुँदा नागरिकमा देखिएको उत्साह भने एक वर्ष पुरा नहुँदै घटेको देखिएको छ । गतवर्ष स्वास्थ्य विमा गर्नेहरुमध्ये दुईतिहाईले यस वर्ष नविकरण गराएनन् भने नयाँ विमक समेत थपिएका छैनन् । स्वास्थ्य विमाप्रति जनप्रतिनिधीहरुले चासो नदिनु, आम जनमासमा स्वास्थ्य विमा सम्बन्धी जनचेतना पु¥याउन नसक्नु, नागरिकमा स्वास्थ्य विमाका फाइदाबारे कम जानकारी हुनु तथा सरकारी कार्यक्रमप्रति नागरिकसहभागितामा उदासिनता देखिनुले स्वास्थ्यविमा गराउनेहरुको सङ्ख्यामा कमी आएको स्वास्थ्य विमा कार्यलाय बैतडीका दर्ता अधिकारी विष्णु जोशीले जानकारी दिए ।

स्वास्थ्य विमामा पाचँ जनासम्मको परिवारले दुईहजार पाँचसय रुपैया बर्ष भरिको एक मुष्ट तिर्नु पर्ने हुन्छ भने त्यसभन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति चारसय २५ रुपैंया थप्नसपर्ने हुन्छ । नेपाल सरकारले विमाबापत घरपरिवार लाई ५० हजार बरावारको औषधि उपचार निशूल्क गरिदिने व्यवस्था छ । विमा गरेका सदस्यको सेवा सुविधा पाउनका लागि सरकारले तोकेका अस्पातालमा उपचार गराउनुपर्ने हुन्छ । ती सबैकुरा झण्झपटलो भएको तथा जिल्लाको सिमाना भारतसँग जोडिएको हुँदा नागरिकहरु समान्य उपचारको लागि पनि भारतीय अस्पताल जाने भएकाले पनि विमाको नविकरण नभएको तथा नयाँ विमा हुन नसकेको कर्मचारहरुको बुझाई छ ।

गत वर्ष सुरु भएको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत गत कातिकसम्म सातसय एक परिवारका ३४ सय ५ जनाले विमा गराएका थिए । जस मध्ये यस वर्ष दुईसय ३ परिवारका एकहजार ९० जानाले मात्र नविकरण गराएका छन् । स्वास्थ्य विमामा सहभागि गराउन स्बै क्षेत्रका स्वास्थ्य संस्थामा उपचार गराउँदा विमा कार्यक्रम लागु हुने तथा नागरिकमा जनचेतना जगाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);