रुपन्देहीमा अवस्थित जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा व्यवस्थापन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

रुपन्देहीमा अवस्थित जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा व्यवस्थापन गर्दै

rupandehi

रुपन्देही, २ माघ । नेपालको शासकीय पुर्नसंरचना अनुसार ५ नम्बर प्रदेशको राजधानी रहेको रुपन्देही जिल्लामा अवस्थित जिल्ला प्रशासन कार्यालयले जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापन गर्दै आएको छ ।

यस कार्यालयले नागरिकहरुको राजनैतिक अधिकारको रुपमा रहेको नागरिकता वितरण, संस्था दर्ता, राहदानी वितरण लगायत जिल्लाका सम्पूर्ण कार्यालयहरुकोे सेवा प्रवाहलाई प्रभावकारी बनाउनुको साथै सुशासन कायम गर्दै आएको छ । नागरिकले प्राप्त गर्ने हरेक सेवा प्रवाहलाई प्रभावकारि, पारदर्शी, कम लागत र छिटो छरितो बनाउन तथा नागरिक मैत्री कार्यवातावरण सृजना गर्ने कार्यमा कार्यलय निरन्तर लागि परेको देखिन्छ । सबै नागरिक तथा सेवा प्रदायकमा राष्ट्रिय भावना जागृत गरी सेवा प्रति वफादार हुन यस कार्यालयले दैनिक कार्य संचालन राष्ट्रिय गानको ध्वनि संगै कार्य प्रारम्भ गर्ने गरेको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सेवा प्रवाहका अतिरिक्त उनीहरुले पाउने सेवालाई सुविधायोग्य बनाउन खाने पानीको व्यवस्था, बस्ने ठाउँ, टेलिभिजनको व्यवस्था र स्तानपानकक्षको व्यवस्था लगायतका सुविधा दिदै आएको छ । सेवाग्राहीका गुनासाको व्युनिकरण गर्न समेत सहयोग गर्ने उद्धेश्यका साथ कार्यालयले २०७५ माघ १ गते देखि नेपाल सरकारको लोगो रहेको कर्मचारीको नाम पद सहितको चेष्ट नेमप्लेट लगाई सेवा दिनु पर्ने प्रणलीलाई अनिवार्य गरेको हो, जुन कार्य कार्यालय प्रमुख सहित सबै कर्मचारीले माघे सक्रान्तिका दिन राष्ट्रिय गान सहित शुरुवात गरेका हुन् ।

ताजा समाचार