पाल्पा अस्पताल उपचार केन्द्र भन्दा रिफर सेन्टरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाल्पा अस्पताल उपचार केन्द्र भन्दा रिफर सेन्टरमा परिणत

palpa hospital

प्रकाश नेपाल
पाल्पा, ६ भदौ
। सरकारी स्वास्थ्य संस्था यतिखेर विरामीको उपचारभन्दा उपचारका लागि अन्यत्र स्वास्थ्य संस्थामा रिफर गर्ने रिफर सेन्टरमा परिणत भएको आरोप लाग्ने गरेको छ । स्वास्थ्य विमा गरेका रोगी तथा विरामीहरुलाई उपचारको लाागि अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्था मै जानुपर्ने नियम छ । सरकारले यो नियम लागू गरेपनि पाल्पाका सरकारी स्वास्थ्य संस्थाहरु उपचार भन्दा अन्य स्वास्थ्य संस्थामा विरामी रिफर गर्न व्यस्त छन् ।

पाल्पाको पाल्पा अस्पताल अहिले उपचार केन्द्र भन्दा बढी अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने संस्थामा परिणत भएको छ । अस्पतालमा उपचारका लागि आएका विरामीहरु अस्पतालमा आवश्यक भौतिक पुर्वाधार तथा विशेषज्ञहरुको अभावमा अन्यत्र उपचारका लागि जान बाध्य छन् ।

पाल्पा अस्पतालमा उपचारका लागि गएका विरामीहरु सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधीको व्यवस्था नहुनु, भौतिक पूर्वाधारको राम्रो व्यवस्थापन हुन नसक्नु सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुनु जस्ता कारणले सरकारी स्वास्थ्य सस्ंथामा उपचारका लागि आएका विरामीहरु लुम्बिनी मेडिकल कलेज यूनाइटेड मिसन अस्पतालमा जान बाध्य छन् ।

५ जना स्थायी अस्थायी डाक्टरको दरबन्दी रहेको पाल्पा अस्पतालमा यतिखेर दैनिक ८ सय देखि १ हजार जना विरामीहरु उपचारका लागि आउने गर्दछन् । सरकारले सरकारी स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न जिम्मेवारी बनाउन प्रयत्न गरेपनि स्थानीय सरकार अस्पताल व्यवस्थापनको कमी कमजोरीका कारण उपचारका लागि आएका रोगी तथा विरामीहरुले थप समस्या झेल्नु परेको हो ।

लुम्बिनी मेडिकल कलेज यूनाइटेड मिसन अस्पतालमा उपचार गर्ने गरी विमा गरेका करिव ८० हजार देखि ९० हजार विमितहरु स्विधा सम्पन्न नभएका सरकारी स्वास्थ्य सस्ंथामा गाभिँदा समस्या थपिएको हो । सामान्य उपचार र अन्य स्वास्थ्य सस्ंथामा रिफरका लागि आएका विरामीहरु घण्टाँैसम्म लाइनमा बसेर पालो कुर्नु परेको विरामीहरुको गुनासो रहेको छ ।

सरकारले सरकारी स्वास्थ्य सस्ंथामा सेवा सुविधा भौतिक पूर्वाधारको व्यवस्थापन विशेषज्ञ तथा विना जिम्मेवारी सुम्ँिपदा उपचारका लागि जाने विरामीहरुले थप समस्या झेल्दै आउनु परेको छ । पाल्पा अस्पतालका प्रशासन प्रमुख चिरञ्जिवी घिमिरे भन्नुहुन्छ सरकारले उपलब्ध गराउने भनिएको निशुल्क औषधीको व्यवस्थापन भएपनि अस्पतालमा भौतिक पूर्वाधारको व्यवस्थापन हुन नसक्दा र विषय विशेषज्ञ डाक्टर नभएका कारण अस्पताल रिफर सेन्टरमा रुपान्तरित भएको स्वीकार्नु भयो ।

जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यका साथ सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नू भन्दा पनि यसरी रिफर सेन्टर बनेर महगोँ अस्पतालहरुमा जान बाध्य छन् । विमा र सरकारी स्वास्थ्य सस्ंथालाई अझ बढी प्रभावकारी बनाउँदै थप जिम्मेवारी बनाउनका लागि स्थानीय सरकारको पहल नहुँदा सरकारी स्वास्थ्य संस्थाप्रति सर्वसाधारणको आकर्षण दिनदिनै घटिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);