कर्णालीका बाढी पीडितलाई प्रतिपरिवार तीन लाख उपलब्ध गराउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीका बाढी पीडितलाई प्रतिपरिवार तीन लाख उपलब्ध गराउने निर्णय

badi pidit-karnali pradesh

सुर्खेत, २७ चैत । कर्णाली प्रदेश सरकारले कर्णालीका बाढी पीडितहरुका लागि प्रतिपरिवार तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका बाढी पीडितहरुको आवास निर्माणको लागि प्रति परिवार तीन लाख उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारको ४० औं मन्त्रिपरिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा अहिले एक हजार ४५ परिवार बाढी पीडित छन् । बाढी पीडीतहरुको आवास निर्माणका लागि प्रदेश सरकारले मात्र नभई तीनै तहको सरकारले समन्वय गरेर सहयोग गरिने पनि मन्त्री बिमला केसीले बताए ।

त्यस्तै हावाहुरी र असिना पिडीतहरुको लागि पनि लागत संकलन गरी १५ दिन भित्र २ करोड उपलब्ध गराउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);