मनसुनजन्य विपद्का कारण घरवार गुमाएकाहरुको अस्थायी बसोबासका लागि सरकारले प्रतिपरिवार ५० हजार दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मनसुनजन्य विपद्का कारण घरवार गुमाएकाहरुको अस्थायी बसोबासका लागि सरकारले प्रतिपरिवार ५० हजार दिने

काठमाडौं । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिंदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिए ।

यस बर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरी आवश्यक निर्देशन गरेको पनि बताए । यसबर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित नीजि आवास पूर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पूर्ननिर्माण गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए । उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैँयाका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पूर्ननिर्माणको काम सुरु गरिएको पनि उल्लेख गरे ।

मन्त्री पौडेलले यसबर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे सभालाई विस्तृत जानकारी गराउँदै भने “मनसुन जन्यकारणले हालसम्म ५ सय ५ निजी घर पुर्णरुपमा क्षति भएका छन् । भने १ सय १२ घरहरु आंशिक क्षति भएको छ । विभिन्न ३६ सरकारी कार्यालयहरु क्षतिग्रस्त भएका छन् ।९ विद्यालय तथा सामुदायिक भवन विद्यालय क्षति पुगेको छ । सिन्धुपालचोक जिल्लाका ७ मनाङ्ग का २, चितवनमा २ , तनहुँमा १ मोरङ्गमा १, उदयपुरमा एक र सिरहामा १ गरी जम्मा १५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । मनाङ्गमा ५ वटा काठेपुलमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा १४ , मनाङ्गमा ७ , मस्र्याङ्दी नदीको एक्ले फाँटमा १ गरी २३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । सिन्धुपाल्ञ्चोकको मेलम्ची आयोजनामा जाने पहुँचमार्ग र पुलहरुमा क्षति भएको हुनाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट दुईवटा अविलम्ब २ वटा बेलिब्रिज निर्माणको तयारी गरिएको छ । मेलम्ची आयोजनाको खानेपानी लगायत पुर्वाधार सम्बद्ध विशेषज्ञ टोलीबाट स्थलगत अनुगमन अवलोकन गरि तत्काल पहुँच मार्ग पुर्न निर्माणको साथै आयोजनामा पुगेको क्षतिको एक्किन गरि मर्मत संभारको काम अगाडि बढाईने छ । देशभरका सानाठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । कास्की,लम्जुङ, मनाङ्ग लगायत जिल्लाका साना ठूला गरि २५ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको छ ।

मन्त्री पौडेलले पीडितको राहत तथा उद्धारका लागि प्रदेस्तरमा आवश्यक प्रवन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारवाहीको पनि फेयरिस्त प्रस्तुत गरे । त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिहरुले स्थानीय तह र अन्य संघ संस्थासंग समन्वयन गरी प्रभावितहरुलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरुलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए ।

विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षतिभएका संरचनाको पूर्ननिर्माण कार्य पनि जारी रहेको मन्त्री पौडेलले जानकारी दिए । तर ठूलो क्षति भएका कारण बेसी सहर मनाङ्ग सडक, अरनिको राजमार्ग सडक, बाजुराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौडा लगायतका स्थानमा अवरुद्ध सडक अझै अवरुद्ध रहेकाले ती सडकखण्ड खोल्ने प्रयास जारी र सेती दोभान लगायत मुग्लि नाराष्णगढ सडकका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास भईरहेको उनले बताए ।

मन्त्री पौडेलले सरोकारवाला निकाय र तीनका पदाधिकारीहरुलाई विपद्बाट पुगेको क्षतिको समीक्षा गरी पुर्ननिर्माण र पुनस्थापनाका काम अघि बढाउन निर्देशन दिईएको पनि जानकारी दिए । उनले बाढी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरुद्ध बनेका राजमार्ग, खानेपानी, विद्युत्, सञ्चार लगायतका अन्य सेवाहरु सरोकालवाला निकायहरुको समन्वयनमा तत्काल सुचारु गर्न प्रबन्ध मिलाईएको जानकारी दिए ।

मन्त्री पौडेलले गतवर्षको पहिरोबाट क्षति भएका सिन्धुपाल्चोक, कालिकोट , पर्वत, म्याग्दी, संखुवासभा लगायत १३ जिल्लाका विभिन्न स्थानहरुको भौगर्भिक अध्ययन गरि पुर्ननिर्माण, पुनस्थापना र जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने प्रक्रिया पनि थालनी भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);