सर्वोच्चको निर्णयपछि पार्टी एकता सतहमा आउन सक्छ : बामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वोच्चको निर्णयपछि पार्टी एकता सतहमा आउन सक्छ : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा मतभेद कायम रहेकाले सो मतभेद टुङगो लगाउन दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका छन् ।

तर आफु भने पार्टी एकता हुनुपर्नेमा जोड दिंदै अध्यक्ष ओली तिर लागेको र त्यसका लागि दुवै नेताको मतभेद र मनभेद सतहमा ल्याउन कसरत गरिरहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा एकता संभव छ त भन्ने संञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले संभव भएको तर त्यो सर्वोच्चको आदेश पछि संभव हुने बताए । उनले भने, “एकता संभव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);