बामदेवको अपिल : अब पार्टी मिलाएर लैजानुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बामदेवको अपिल : अब पार्टी मिलाएर लैजानुस्

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पूर्वमहासचिव माधव नेपाललाई अब पार्टीलाई मिलाएर लैजान अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा गौतमले एमालेका दुई वरिष्ठ नेताहरु अध्यक्ष केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव माधवकुमार नेपाल बीच पार्टी भित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएकोमा खुसी व्यक्त गरेका छन् । ‘यो नेकपा (एमाले) का निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ’, गौतमले लेखेका छन् ।

उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएकोमा बधाई समेत दिएका छन् । ‘नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु’, गौतमले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);