परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको आर्थिक समृद्धि परम्परात रुपमा असम्भव रहेको बताउनुभएको छ । उहाँले आर्थिक समृद्धिका लागि सरकारी बजेट पर्याप्त हुने भन्दै थप स्रोत खोज्नेगरी आगामी बजेट ल्याइएको बताउनु भयो । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले  बजेटमा सरकारले लिएका ठूला लक्ष्यहरू पूरा गर्न वैकल्पिक र नवीन वित्तीय स्रोतहरूको परिचालन अनिवार्य रहेको बताउँदै सरकार अब सोही बाटोमा अग्रसर हुने बताउनु भयो । सांसद अधिकारीले बैंकहरूमा न्युन ब्याजदरमा थुप्रिएर बसेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष  र सुरक्षा निकायका कोषहरूलाई ‘स्पेसल पर्पज भेइकल’ बनाएर पूर्वाधारमा लगानी गर्ने योजना बताउनु भयो ।

उहाँकाअनुसार  वर्षौँदेखि पार्क भएर बसेका खर्बौँ रुपैयाँलाई सातै प्रदेशका सरकारी अस्पतालहरूलाई शिक्षण अस्पतालमा स्तरोन्नति गर्ने जस्ता गौरवका आयोजनामा परिचालन गरिनेछ । १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने सरकारको योजनाका लागि परम्परागत वित्त प्रणाली अपर्याप्त हुने उहाँले बताउनु भयो । यसका लागि अफ्शोर र थिम्याटिक बण्ड, डायस्पोरा र रेमिट बण्डजस्ता स्रोत खोजिएको बताउनु भयो ।  सांसद अधिकारीले  बजेटमा राखिएको ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको समेत बताउनु भयो । आर्थिक वृद्धिदरको लक्ष्यमाथि उठ्ने गरेका प्रश्नहरूको जवाफ दिँदै सांसद अधिकारीले विगतमा नेपालले ८.९८ प्रतिशतसम्मको वृद्धिदर हासिल गरिसकेको स्मरण गराउनु भयो । उहाँकाअनुसार अहिले वर्तमान सरकारसँग काम गर्ने हुटहुटी छ । डेलिभरी दिन आएको बलियो सरकार आएकाले नागरिकको साथ र सही नीतिगत स्पष्टता भएकाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न आफूहरु लाग्ने बताउनु भयो ।सांसद अधिकारीले निजी क्षेत्रलाई ‘इकोनोमिक ड्राइभिङ फोर्स’को रूपमा अगाडि सारेर सरकारले अभिभावक र सहजकर्ताको भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार