सरकारले सांसद विकास कोष कार्यक्रम ब्युँतायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारले सांसद विकास कोष कार्यक्रम ब्युँतायो

काठमाडौं । सरकारले दुई वर्षअघि खारेज गरेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्युँताएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै ‘सांसद विकास कोष’ नामले परिचित कार्यक्रमलाई सुचारु गर्नुभएको हो । उहाँले जनप्रतिनिधिमार्फत सम्बोधन गर्न पाँच करोड संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रश्ताव गरेको बताउनु भयो ।

उहाँले एउटा आयोजनामा न्युनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने बताउनु भयो । उहाँले सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको बताउनु भयो। उहाँले दुई वर्ष अघिसम्म प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ६ करोड रूपैयाँ दिने प्रचलन रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);