बजेटलाई नराम्रो भन्न मिल्दैन्ः सांसद उदयशमशेर राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बजेटलाई नराम्रो भन्न मिल्दैन्ः सांसद उदयशमशेर राणा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयशमशेर राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो प्रारम्भिक टिप्पणी गर्नुभएको हो । सांसद राणाले बजेट राम्रै आउने गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले पुराना आयोजनाहरुलाई पूरा गर्न सांसद विकास कोषका लागि विनियोजन गरेको बजेट उपयोग गर्न उपयुक्त हुने पनि बताउनु भयो । सांसद राणाले भन्नुभयो, ‘अप्ठ्यारो परिस्थितिमा बजेट आएको छ । र, यसमा अलिकति अव कतिपय ठाउँमा खर्च पनि घटाउन खोजेको छ । तर यो पोहोर सालको भन्दा बजेटको साइज पनि अलिकति घटाएको छ । चालु खर्च अलि बढेको देखिन्छ । कतिपय समितिहरु, कतिपय योजनाहरु घटाएको पनि देखिन्छ । यो बजेटलाई नराम्रो भन्न सकिन्छ ।

बजेटले इकोनोमिलाई अघि बढाउन प्रयास गरेको छ । कतिपय अझै पनि राम्रो हुन सक्ने ठाउँहरु पनि छ । तर मूल कुरा यो बजेटलाई कसरी लागू गर्ने ? बजेट जहिले पनि राम्रै हुन्छ । त्यसलाई कसरी लागूगर्ने त्यसमा भर पर्छ ।’

सांसद राणाले बजेटले मुलुकको इकोनोमीलाई अघि बढाउन प्रयत्न गरेको समेत बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);