चितवन र वीरगन्जमा विद्यार्थीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चितवन र वीरगन्जमा विद्यार्थीको प्रदर्शन

bharatpur pradarshan

भरतपुर, ८ मंसिर । अतिरिक्त शुल्क फिर्ता नगरेपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित आइतबार सडकमा प्रदर्शन गरेका छन् ।

अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ । कलेजहरूले रकम फिर्ता गर्न अटेर गरेको भन्दै चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीले चितवनमा भेला भएर प्रदर्शन गरेका हुन् । देशभरका मेडिकल कलेजबाट विद्यार्थी प्रतिनिधि चितवन पुगेका छन् ।

त्यस्तै आइतबार नै नेशनल मेडिकल कलेजका विद्यार्थीको अगुवाइमा वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ । यसअघि मेडिकल शिक्षाका विद्यार्थीले लगातर ३ दिनसम्म काठमाडौंमा प्रदर्शन गरेका थिए ।

विद्यार्थी आन्दोलनका कारण गण्डकी, चितवन, नेसनल युनिभर्सल मेडिकल कलेजमा पढाई ठप्प छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);