मेडिकल विद्यार्थीको चेतावनी–परीक्षा नसारे बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मेडिकल विद्यार्थीको चेतावनी–परीक्षा नसारे बहिष्कार

medical collage

काठमाडौं, १८ कात्तिक । अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । त्रिविअन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठनपाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले कात्तिक २० बाट पहिलो वर्ष र मंसिर पहिलो साताबाट दोस्रो वर्षको परीक्षा हुने तालिका सार्वजनिक गरेर परीक्षातालिका सार्वजनिक तयारी अघि बढाएको छ । विद्यार्थीले सबै विषयको परीक्षा सार्न माग गर्दै आइतबार आईओएम डिन कार्यालयमा प्रदर्शनसमेत गरेका छन् ।

प्रदर्शनमा चिकित्साक्याम्पस महाराजगन्ज, गण्डकी मेडिकल कलेज पोखरा, चितवन, किस्ट र युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी सहभागी थिए । विद्यार्थी शारीरिक र मानसिक रूपमा परीक्षादिन तयार नभएकाले परीक्षा कम्तीमा एक महिना पर सार्नुपर्ने संघर्ष समितिका संयोजक मिलन गैरेले जानकारी दिए ।

अतिरिक्त शुल्कको विषयलाई लिएर गण्डकी, नेसनल र युनिभर्सल मेडिकल कलेजमा आन्दोलन जारी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);