आज स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौँ, १९ मंसिर । आज मंसिर १९ गते अर्थात स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस । मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी उनको स्मरण गरिँदै छ। स्मृति दिवसको अवसरमा महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गरिनुका साथै दिउँसो उनको सम्मानमा विभिन्न संघ-संस्थाले कार्यक्रमहरु आयोजना गरेका छन्।

‘स्वर्गकी रानी, मायाकी खानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो।

उनले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्त संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्टी तेश्रो जस्ता दर्जनौँ पुरस्कार प्राप्त गरेका थिए।

‘बागीना’ पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सन्चार मन्त्रालयका सल्लाहकारसमेत भएका स्वरसम्राट नारायण गोपालले २०२७ सालमा पेमलासँग बैवाहिक सम्बन्ध गाँसेका थिए । मानविकी शास्त्रमा स्नातकोत्तर गरेका गोपालको २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);