हात खुट्टा बाँधेर गरगहना लुटपाट | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

पाल्पा, १८ मंसिर। पाल्पाको माथागढी गाउँपालिका–२, रूप्से देउराली निवासी सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन्।

सुरेश नभएको बेलामा तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाई आफ्नो हातुखुट्टा बाँधेर लुटपाट गरेका सुरेशकी श्रीमती कल्पना नेपालीले बताएकी छन्।

बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताए । लुटेराहरुले छिमेकी बहिनीहरुको गहना एवम् बच्चाका लत्ताकपडा समेत लिएर गएको नेपालीले बताइन्।

घटनाबारे छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।