दुवईमा एक नेपालीले गरे श्रीमतीको हत्यापछि, झुण्डिएर आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

काठमाडौँ, २१ भदौ । दुवईमा दुई हप्ता अगाडि भएको नेपाली दम्पत्तिको हत्या प्रकरणमा श्रीमान् आफै संलग्न भएको खुलासा भएको छ।गत भदौ १० गते शनिबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएका दम्पत्तिबारे यस्तो तथ्य फेला परेको हो।

 

श्रीमती कल्पना सापकोटाको हत्या गरेर श्रीमान पर्शुराम सापकोटा आफुले झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको दुवई प्रहरीले जनाएको छ। श्रीमतीको घाँटी थिचेर चक्कु प्रहार गरी हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको दुवई प्रहरीलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ।

 

चितवनको रत्ननगर बछौली घर भएका पर्शुराम र उनकी श्रीमती कल्पना सापकोटा दुबईको डेरादुवई स्थित अल बराह क्षेत्रमा बस्दै आएका थिए। त्यस क्षेत्रमा बस्ने स्थानीयले अनुसार पर्शुराम र कल्पना दिनहुँ झगडा गर्ने र आपसमा कुटपिटमा उत्रिने गरेको समेत बताए।  कल्पना ३ वर्ष अघि युएई गएकी हुन् भने कल्पनाले नै भिसाको व्यवस्था मिलाएपछि पर्शुराम दुवई पुगेका थिए।