साउदीमा भीमबहादुरको मृत्युपछि शोकमा परिवार, शव अझै आएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

साउदीमा भीमबहादुरको मृत्युपछि शोकमा परिवार, शव अझै आएन

काठमाडौँ, १८ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार निकै ठुलो शोकमा परेको छ।

 

दुई वर्ष अगाडि रोजगारीका लागि साउदी अरब गएका पछाईको गत साउन ५ गते कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ। उनी साउदीको सबकातुइन्स कम्पनीमा कार्यरत थिए।

 

धन कमाउन विदेश गएका छोराको मृत्युको खबर आएपछि शोकमा परेको परिवार एक महिनासम्म पनि शव नेपाल नआउँदा झन् चिन्तित बनेका छन्। पछाई काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी गएका थिए।