चार वर्षमा दुई सन्तानको निधनले प्रचण्डपरिवार शोकाकुल | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

चार वर्षमा दुई सन्तानको निधनले प्रचण्डपरिवार शोकाकुल

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेको छ । उनका छोरा प्रकाश दाहालको आइतवार विहान ‘आकस्मिक हृदयघात’का कारण निधन भएसँगै प्रचण्ड परिवार शोकमा डुबेको हो।

प्रकाश २०३८ साल असार १७ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए। उनी अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए।

यसअघि प्रचण्डको जेठी छोरी ज्ञानु दाहाल केसीको २०७० सालमा निधन भएको थियो। उनी लामो समयदेखि स्तन क्यान्सर रोगबाट पीडित थिइन्। – नयाँ पत्रिका दैनिकबाट

ताजा समाचार