अमेरिकामा नायक नवल खड्का सम्मानित, तिब्र बन्दै सीमानामा काँडेतार अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ११ भदौ । अमेरिकाको टेक्सासमा राष्ट्रवादी नायक तथा निर्माता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई एभरेष्ट इन्टरटेन्मेन नामक संस्थाका अध्यक्ष मनोज राईले टोपी र खादा लगाएर सम्मान गरेका छन्।  सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार खड्काले थप जिम्मेवारी र उर्जा थपिएको बताएका छन्। खड्काले प्रवासमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको समेत प्रशंसा गरे।

 

नेपालमा नेपाली चलचित्रलाई माया गर्ने र माया नगरनेका बीचमा द्वन्द रहेको समेत खुलासा गर्दै उनले भने – ‘अब चाँडै नै बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने आशाले भने सबैमा खूशी छाएको छ।’ अहिले भारतले दिन प्रतिदिन नेपाली भू-भाग मिचीरहेको छ। विशेषगरी नेपालको दक्षिणी सीमानामा बस्ने नेपालीलाई ज्यान र वासस्थान जोगाउन गाह्रो भैसकेको बताए।

काँडेतार अभियानका संयोजक समेत रहेका कलाकार खड्काले देश र जनताई सुरक्षित राख्न सीमानामा काँडेतार लगाउन जरुरी रहेको र त्यसका लागि सम्पूर्ण एनआरएनले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिन आग्रह गरेका छन्। एभरेष्ट इन्टरटेन्मेनका अध्यक्ष मनोज राईले नवल खड्काको काँडेतार अभियानमा सबैबाट साथ र सहयोगको अपिल गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

 

अहिले नेपालमा मात्रै नभएर विश्वभर रहेका नेपालीहरले नवल खड्काको सीमानामा काँडेतार अभियानलाई साथ दिन भन्दै जुर्मुराएका छन् । केही समय अगाडि खाडी मुलुक पुगेका खड्कालाई त्यहाँ रहेका हजारौँ नेपालीहरुले काँडेतार अभियानलाई साथ दिने भन्दै ठुलो अभियान नै चलाएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);