युएई दुर्घटनामा मुत्यु भएका शाहीका परिवारलाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युएई दुर्घटनामा मुत्यु भएका शाहीका परिवारलाई सहयोग

पाण्डव पुजारा, १८ बैशाख कैलाली ।
वैदेशिक रोजगारीको सिलसिलमा गई युएईमा दुर्घटनामा परी मुत्यु भएका कंचनपुरका निराजन शाहिका परिवारलाई सुदुर पश्चिम सेवा समाज युइयिले सहयोग गरेको छ । विगत एक वर्ष अगाडि वैदेशिक रोगजारीको सिलसिलामा युएई पगेका कंचनपुर जिल्ला बेदकोट नगरपालिका २ बसन्तथलाको निराजन शाहिको दुर्घटनामा परी

युएई दुर्घटनामा मुत्यु भएका शाहीका परिवारलाई सहयोग

पाण्डव पुजारा, १८ बैशाख कैलाली ।

वैदेशिक रोजगारीको सिलसिलमा गई युएईमा दुर्घटनामा परी मुत्यु भएका कंचनपुरका निराजन शाहिका परिवारलाई सुदुर पश्चिम सेवा समाज युइयिले सहयोग गरेको छ । विगत एक वर्ष अगाडि वैदेशिक रोगजारीको सिलसिलामा युएई पगेका कंचनपुर जिल्ला बेदकोट नगरपालिका २ बसन्तथलाको निराजन शाहिको दुर्घटनामा परी मृत्यु भएपछि सुदुर पश्चिम सेवा समाज युएयी द्धारा संकलित रु १ लाख रुपैया सहयोग स्वरुप मृतकमा परिवारलाई हस्तान्तरण गरिएको हो ।

 

कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल मार्फत समाजका सदस्य सुरत शाह र भरत चन्दले संयुक्तरुपमा मृतकका वुवा शंकर वहादुर शाहीलाई हस्तान्तरण गरेका छन ।मृतक विगत एब बर्ष देखि युएईमा बैदेशीक रोजगारीमा काम गर्दै आएको र ४५ दिन अघि सडक दुर्घटनामा परि मृतुभएको मृतकका बुवा शंकर बहादुर शाहीले जानकारी दिए । सहयोग रकम प्राप्त भएपछि मृतकका आफन्तहरु खुसी भएका छन् । विगत तिन बर्ष देखि क्रियाशिल सुदुर पश्चिम सेवा समाज युएईले युएईमा कार्यरत समस्यामा परेका सुदुरपश्चिमका नागरिकलाई सहयोग गर्दै आइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);