माओवादीको समानुपातिक सूचीमा कलाकार नवल खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, २१ कार्तिक । आगामी मंसीर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रवादी नायक तथा निर्वाता नवल खड्का माओवादीको समानुपातिक सूचीमा परेका छन्। नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रदेश नं. १ बाट प्रदेशसभातर्फ उनको नाम समावेश भएको हो।

चलचित्र निर्माता संघ नेपालको अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्षसमेत रहेका खड्काले राष्ट्रिय चलचित्र नीति २०७१ निर्माणमा र बक्स अफिस कार्यान्वयनका लागि संघर्षरत एवं विदेशी चलचित्रलाई निरुत्साहित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेलेका छन्।

उनले राष्ट्रियता, जनजिविका, ऐतिहासिक एवं जनयुद्ध सम्बन्धी विषयमा चलचित्रहरु निर्माण तथा अभिनय गरी नेपाली समाजका विकृतिहरुमाथि प्रहार गरेका छन् । ऐतिहासिक विषयका भिमदत्त, दशगजा, क्रान्ति, आवाज लगायतका दर्जनौं चलचित्रहरुमा नायकको भूमिका निर्वाह गरिसकेका छन्।

वामपन्थी आन्दोलनमा क्रियाशील खड्का भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन्। नेपाली चलचित्र उद्योगलाई राम्रोसँग बुझेका खड्का प्रदेशसभामा निर्वाचित हुँदा यस क्षेत्रको विकासमा सहयोग पुग्ने चलचित्र क्षेत्रसँग सम्बन्धितहरुले विश्वास गरेका छन्।

महिला तथा जातीय विभेद, भ्रष्टाचार र सबैखाले बेथितिहरुलाई आफ्नो कर्ममार्फत विरोध गरिरहने उनको परिचय छ। उनले आफ्नो सामाजिक सञ्जालमार्फत समानुपातिक तर्फ गोलाकारभित्रको हसियाहथौडामा मतदान गर्न र प्रत्यक्षतर्फ वाम गठवन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउनका लागि तमाम मतदाताहरुलाई अनुरोध गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);