समृद्ध राष्ट्र निर्माणका लागि वामगठबन्धनलाई जिताउन आदिवासी जनजातिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार
काठमाडौँ, २१ कार्तिक । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा आदिवासी/जनजाति राष्ट्रिय महासंघ नेपालले वामगठबन्धनलाई समर्थन जनाउँदै देशभर रहेका मतदातालाई वाम गठबन्धनलाई अत्याधिक भोट गर्न आग्रह गरेको छ।
महासंघले प्रेस विज्ञप्ति निकाल्दै वामगठबन्धनलाई जिताउन आग्रह गरेको हो। मुलुकको गणतन्त्र र संघीयताजस्ता महत्वपूर्ण र ऐतिहासिक उपलब्धीलाई रक्षा एवं संस्थागत गर्न वाम गठबन्धनले जित्नुपर्ने महासंघको धारणा छ।
उक्त विज्ञप्तिमार्फत महासंघले सबै जनतालाई चुनावमा सक्रियरुपमा लाग्न आग्रह समेत गरेको छ। उक्त विज्ञप्तिमा ‘देशैभरी वाम गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन आग्रह गरेको हो।