तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ : प्रधानमन्त्री

कैलाली, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको मर्म र भावना नबुझी सत्ता हस्तान्तरणको राग नअलाप्न वामगठबन्धनलाई आग्रह गरेका छन् ।

कैलालीको गोदावरीमा आइतबार बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनले चर्का कुरा गरे पनि भावी प्रधानमन्त्रीको टुंगो लगाउन नसकेको बताए । संसद गठन प्रक्रिया बाँकी रहेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिन समस्या रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले सरकारले दलहरूबीच सहमति जुटाउने प्रयास गर्दा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ भएको बताए । अब पनि सहमति नजुटेमा सरकारले तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);