फिल्डमा खटिने पत्रकारलाई सचेत रहन महासंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

फिल्डमा खटिने पत्रकारलाई सचेत रहन महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना संक्रमणमा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको बताए । देशैभरीमा अहिलेसम्म ९५० जना पत्रकार संक्रमित भइसकेको बताए ।

यसरी संक्रमित भएकामध्ये १९ जनाले ज्यान गुमाइसकेको महासचिव पुरीले बताए । हाल २०० जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकारहरु रहेको पनि महासचिव पुरीले जानकारी दिए ।

पत्रकार महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्डलाई अपनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सुचनाको सञ्जालमा आउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताए । महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको बताए ।

पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको पनि उनको भनाई छ । सरकारले पत्रकार र श्रमसँग जोडिएको कानूनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);