द्धन्दकालिन समयमा पत्रकारको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन महासंघकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

द्धन्दकालिन समयमा पत्रकारको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन महासंघकाे माग

FNJ-Nepal-patrakar-mahasangh

काठमाडाैं । नेपाल पत्रकार महासंघले द्धन्दकालिन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासंघले विहिबार आयोजना गरेको कार्यक्रममा पत्रकार हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

नेपालमा द्वन्द्वकाल देखि हालसम्म राज्यपक्ष र गैरराज्य पक्षबाट तीनदर्जन भन्दा धेरै पत्रकारहरु मारिएको भन्दै ती घटनाका दोषीहरु अहिले पनि खुलेआम हिडडुल गरेर कानुनी राजलाई चुनौति दिएको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन पुरीले महामारीमा फ्रन्टलाईनमा बसेर भूमिका निर्वाह गर्ने क्रममा १६ जना पत्रकारले ज्यान गुमाउनुपरेको भन्दै उनीहरुका परिवारको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताए ।

महासंघका अनुसार, द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकारको अवस्था अज्ञात छ । पछिल्लो कोरोना महामारीमा परी अहिले सम्म १६ जना पत्रकारले ज्यान गुमाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);