अब अनलाइन सञ्चारमाध्यमलाई सरकारी विज्ञापन, अवैध डोमेन प्रयोग गरी गालीगलौंज गर्नेलाई प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अब अनलाइन सञ्चारमाध्यमलाई सरकारी विज्ञापन, अवैध डोमेन प्रयोग गरी गालीगलौंज गर्नेलाई प्रतिबन्ध

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिने घोषणा गरेको छ । शुक्रबार संञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संञ्चारमन्त्री पार्वत गुरुङले अव अनलाइन सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिने बताए ।

यसअघि सरकारले विभिन्न छापा तथा संञ्चारमाध्यमहरुलाई लोक कल्याणकारी विज्ञापन दिंदै आएको थियो । त्यस्तै, सरकारले अव पत्रकारहरुको हकहितका लागि भन्दै पत्रकारिता संग्रालय स्थापन गर्न लागेको समेत जानकारी दिएका छन् ।

मन्त्री गुरुङले गैरकानुनी डोमेन प्रयोग गरी सामाजिक संञ्जालमा राष्ट्रपति तथा प्रधानमत्रीको नैतिकतामा खलल पुग्ने समाचार प्रकाशन प्रशारण गर्ने विभिन्न अनलाइन पोर्टलहरुलाई तत्काल कारवाही गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);