के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ?

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले भन्दा केही बुँदा थप गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे सुरुवात भनेका छन् । यस्ता छन् प्रतिस्थापन विधेयकका विशेषता ।

१) कोभिड– १९ बाट रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइने ।

२) सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १० प्रतिशत कटौती, त्यसबाट बचेको पाँच अर्ब रुपैयाँ कोभिड– १९ खोप खरिदमा लगाइने ।

३) मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरपीडित र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिइने ।

४) जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजार रुपैयाँ जीवनवृत्ति भत्ता दिइने ।

५) कोभिड– १९ प्रभावित उद्योग, व्यवसायलाई आकर्षक छुट ।

६) कृषि तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिइने ।

७) आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने खालको नीति लिइने ।

८) हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम नमुनाको रूपमा सुरु गरिने ।

९) पहिलो पटक अनलाइन मिडियाहरूलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सुरु गरिँदै ।

१०) शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने ।

११) सहकारी संस्थाहरूले भगिनी कम्पनी खोलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउने गरी कानुनी प्रबन्ध मिलाइने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);