साउदीमा सवारी दुर्घटना, एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पाँचथर, २२ असोज । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का २७ वर्षका टीकाराम लाम्गादेको ज्यान गएको छ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिएका छन्।

लाम्गादेको शव नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दुई वर्षअघि साउदी पुगेका लाम्गादेका दुई श्रीमती र तीन छोरी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);