साउदी अरेबीया सरकारद्वारा महिलालाई पहिलो पटक सवारी चालक अनुमति पत्र प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउदी अरेबीया सरकारद्वारा महिलालाई पहिलो पटक सवारी चालक अनुमति पत्र प्रदान

saudi aribia woman liecence

काठमाडौं, २३ जेठ । साउदी अरेबीयाका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।

सोमबार १० जना महिलालाई सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले गत साता साउदी महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिएका थिए । अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।

सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ । लाइसेन्स पाएसँगै सडकमा गाडि चलाउने आफ्नो सपना पूरा भएको साउदीका महिलाले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);